• Saturday 25th of July 2026

गण्डकी प्रदेशमा तीन हजार मेट्रिक टन धान क्षति


  • आशाका किरण
xfjfx'/Ln] 9fn]sf] wfg un]Zj/, ( sflQs DofUbLsf] a]gL gu/kflnsf–@ au/kmfF6l:yt v]tdf x'/L atf;n] 9fn]sf] wfg . kfSg] a]nfdf wfg 9n]sfn] o; jif{ pTkfbg sd x'g] ls;fg atfpF5g . tl:a/ M w|'j;fu/ zdf{÷/f;;

गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा तीन हजारभन्दा बढी मेट्रिक टन धानबालीमा क्षति पु-याएको छ । गण्डकी प्रदेशमा एक लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा बेमौसमी वर्षाका कारण अनुमानित तीन हजार ३५ मेट्रिक टन धानबालीमा क्षति पुगेको कृषि विकास निर्देशनालय पोखराका कृषि अर्थविज्ञ शशी अधिकारीले जानकारी दिनुभयो ।

कृषि अर्थविज्ञ अधिकारीका अनुसार जिल्ला÷जिल्लामा रहेका कृषि ज्ञान केन्द्रहरु र पालिकाहरुबाट सङ्कलन गरिएको विवरणअनुसार गण्डकी प्रदेशमा दुई हजार ३७८ हेक्टर क्षेत्रफलको धान भित्र्याई सकिएको छ । झरी वर्षा र हावाहुरीका कारण ८४३ हेक्टर क्षेत्रफलमा पूर्ण नोक्सानी भएको छ भने सात हजार ११२ हेक्टर क्षेत्रफलमा आंशिक क्षति भएको कृषि अर्थविज्ञ अधिकारीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशअन्तर्गतका जिल्लाहरुमा अनुमानित तीन हजार ३५ मेट्रिक टन धानबालीमा क्षति पुग्दा अनुमानित रु सतासी लाख ५५ हजार ३९८ मूल्य बराबरको क्षति भएको अनुमान रहेको उहाँले बताउनुभयो ।

जिल्लाजिल्लामा रहेका कृषि ज्ञान केन्द्र र पालिकाहरुसँग तथ्याङ्क सङ्कलन कार्य जारी रहेकाले केही दिनमा वास्तविक क्षतिको विवरण आउने कृषि विकास निर्देशनालय पोखराले जनाएको छ ।

बेमौसमी अविरल वर्षाका कारण पर्वतमा सबैभन्दा धेरै धानबालीमा क्षति पुगेको छ । पर्वतमा ४९०, तनहुँमा ३४८ र कास्कीमा ३४३ हेक्टरमा क्षति पुगेको छ । अन्य जिल्लाहरुमा आंशिक क्षति पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij