• Wednesday 9th of September 2026

नेप्सेमा उच्च अङ्कको वृद्धि


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले बढेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५.५० अङ्कले बढेर दुई हजार ८३७.६१ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक परिसूचक सेन्सेटिभ ९.४६ अङ्कले बढेर ५३०.४६ मा पुगेको छ । कूल २३२ कम्पनकिो एक करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर रु सात अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ मूल्यमा खरिद बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज बैंकिङ उपसमूहको शेयर मात्रै ओरालो लागेको छ ।

बैंकिङ उपसमूह २.९६ अङ्कले ओरालो लाग्दा व्यापार १८६.९२, होटल तथा पर्यटन १७८.२७, विकास बैंक ३३८.०२, जलविद्युत् १६६.३८, वित्त ९१.६८, निर्जीवन बीमा ६०३.०३, उत्पादन ३१०.५७, अन्य २.७, लघुवित्त २३०.८, सामूहिक लगानी कोष ०.२७ र लगानी २.९३ अङ्कले उकालो लागेको छ ।

कारोबार भएकामध्ये आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३१ करोड ५७ लाख १५ हजार २७२ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु २८ करोड तीन लाख १७ हजार ८५३, एभरेष्ट बैंक रु २७ करोड ७९ लाख २६ हजार ८६९, सिद्धार्थ बैंक रु २४ करोड ३५ लाख ६३ हजार २४८ र हिमालयन डिस्टिलरी रु २२ करोड ९३ लाख ९९ हजार ८८९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । आजको कारोबार पछि रु ३९ खर्ब ९२ अर्ब ६ करोड ४० लाख ३८ हजार ९७४ बराबरको बजार पूँजीकरण पुगेको छ ।

आठ कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार विभिन्न सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा युनाइडेट इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, सामुदायिक लघुवित्त, पाँचथर पावर कम्पनी,हिमालयन ऊर्जा विकास कम्पनी, चन्द्रागिरी हिल्स, साहस ऊर्जा र रैराङ हाइड्रोपावर रहेका छन् । त्यस्तै कृषि विकास बैंक १.१२, आशा लघुवित्त ०.१३, एशियन लाइफ इन्स्योरेन्स ०.७७, बैंक अफ काठमाडौंका लगानीकर्ताले ०.८५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij