• Wednesday 9th of September 2026

नेप्सेमा उच्च अङ्कको गिरावट


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । कारोबार हुने साताको अन्तिम दिन बजार ओरालो लागेर नयाँ विन्दुमा आइपुगेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५९.५७ अङ्कले घटेर दुई हजार ६९०.२९ मा ओर्लिएको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.६३ अङ्कले घटेर ५०२.१९ मा पुगेको छ ।

नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने औसतमा रहेको छ । कूल २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर रु पाँच अर्ब ११ करोड ९६ लाख दुई हजार ५४० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २९.०८, व्यापार ५९.२३, होटल तथा पर्यटन ९२.८३, विकास बैंक १९४.२८, जलविद्युत् ७०.४५, वित्त १०९.२६, निर्जीवन बिमा २९३.७३, उत्पादन ६३.३६, अन्य ५६.१४, लघुवित्त ११४.१६, जीवन बिमा ३१६.४, सामूहिक लगानी कोष ०.०७ र लगानी २.८१ अङ्कले घटेको छ ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको रु ४७ करोड ४९ लाख ३४ हजार ५२१ बराबरको कारोबार भयो । यस्तै नबिल बैंक रु ३१ करोड आठ लाख ५७ हजार ४१६, आइसिएफसी फाइनान्स रु २९ करोड २२ लाख ६५ हजार, अपि पावर कम्पनी रु १४ करोड ७३ लाख ३८ हजार र ज्योेति विकास बैंकको रु १३ करोड ४४ लाख ४८ हजार ६९३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

कारोबारका आधारमा मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । साहस ऊर्जा ७.६४, गुडविल फाइनान्स ३.९३ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ३.४४ प्रतिशतले कमाए । यसैगरी आइसिएफसी फाइनान्स ९.९९, महालक्ष्मी विकास बैंक ९.९९, शिवश्री हाइड्रोपावर ७.३९, वरुण हाइड्रोपावर ६.२७ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६.१४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij