• Wednesday 9th of September 2026

क्यानाडामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि थप सतर्कता


  • आशाका किरण

१३ मङ्सिर (रासस÷सिन्ह्वा) : हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन क्यानाडामा पनि भेटिएको जनाइएको छ ।आइतबार क्यानाडाको ओन्टोरियो प्रान्तमा दुई जनामा यो भाइरस भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

ती अधिकारीहरुले ओन्टोरियो प्रान्तका दुई जना नागरिकमा यो नयाँ भेरिएन्ट भेटिएको बताएका छन् तर ती नयाँ सङ्क्रमितहरु कहाँबाट आएका नागरिक हुन् या क्यानाडामा नै सो भेरिएन्ट भेटिएको हो भन्ने बारेमा भने केही बताएका छैनन् ।

दक्षिण अफ्रिकामा हालैमात्र भेटिएको भनिएको सो भेरिएन्ट विश्वका कैयौँ देशमा फैलिइरहेको बताइएको छ । उता पछिल्लो समयमा कोरोना भाइरसको डेल्टा भाइरस बढिरहेको भनिएको बेलायतमा पनि यो नयाँ भेरियन्ट देखिएको बताइएको थियो ।

यो ओमिक्रोन भाइरस भेटिएपछि बेलायतले अफ्रिकी देशहरुबाट हुने उडान हालका लागि रद्द गरेको जनाएको छ । त्यहाँ अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ । बेलायतमा विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने गरी नयाँ मापदण्डहरु लागू गरिएको आइतबार बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij