• Wednesday 9th of September 2026

रुसद्धारा ओमिक्रोनविरुद्धको खोप बनाउन सुरु


  • आशाका किरण
FILE - In this Feb. 15, 2021 file photo, a healthcare worker prepares a dose of the CoronaVac COVID-19 vaccine at the Salvador Sanfuentes public school during the start of the nationwide vaccination campaign for educators, in Santiago, Chile. A real-world study of millions of Chileans who had received the Chinese-developed CoronaVac vaccine has found it 67% effective against symptoms and 80% against death from COVID-19, the South American country's Health Ministry said Friday, April 16, 2021. (AP Photo/Esteban Felix, File)

१४ मङ्सिर (रासस÷सिन्ह्वा) : कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ । रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ ।
केन्द्रका अधिकारीहरुले कोरोनाभाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने बनाउन लागिएको जानकारी दिएका छन् ।

उनीहरुले ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास चाडै नै हुने सक्ने विश्वास पनि व्यक्त गरेका छन् । ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास भएपछि ४५ दिनमै आम नागरिकलाई खोप उपलब्ध गराइने उनीहरुले बताएका छन् ।
अन्तर्राष्ट्रिय बजारलाई समेत पुग्नेगरी खोप उत्पादन गर्न सकिने उनीहरुको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij