• Wednesday 9th of September 2026

भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए


  • आशाका किरण

२० मङ्सिर (रासस÷सिन्ह्वा) : भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् । हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो ।यहाँ आइतबार बिहान सम्म पाँच जनामात्र संक्रमित रहेकामा त्यसमा बृद्धि भएर साँझसम्ममा २१ जना पुगेका हुन् ।

यीमध्ये जयपुरबत्राट नौ जना संक्रमित भेटिएको बताइएको छ । त्यसैगरी सात जना महाराष्ट्रबाट भेटिएका पनि बताइएको छ ।अरु संक्रमितहरु नयाँ दिल्लीमा नै भेटिएका छन् । आइतबार एकै दिन १७ जना संक्रमित भेटिएपछि भारतमा ओमिक्रोनबाट सतर्क रहन सरकारले देशव्यापी रुपमा सूचना जारी गरेको बताइएको छ । नयाँ दिल्लीबाहेक अरु थप २ जना कर्नाटकबाट पनि भेटिएका बताइएको छ । पहिलो संक्रमण केही दिनमात्र अघि दक्षिण अफ्रिकाबाट आएकामा देखिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij