• Wednesday 9th of September 2026

झापामा चार विघाको धान नष्ट


  • आशाका किरण
bfªdf cfO{taf/ /ftLb]lv k/]sf] clj/n aiff{sf sf/0f kfs]sf] wfgafnLdf 7"nf] If]lt k'u]sf] 5. jiff{sf sf/0f ls;fgn] sf6]/ /fv]sf] wfg kfgLn] aufpg yfn]kl5:ofxb} zfGtLgu/ ufpFkflnsf # b]aLk'/sf ls;fg. Tf:jL/ gf/fo0fL /hf}/] /f;; bfª

झापाको गौरीगञ्जका एक किसानको चार बिघामा फलाएको धान जलेर नष्ट भएको छ ।

गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका राजन महतोले काटेर राखेको धानको थुप्रोमा गए राती आगलागी भएको हो । आगलागीबाट सम्पूर्ण धान जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली तथा स्थानीयवासी मिलेर आगो निभाएका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिनुभयो ।

धान काटेर चुट्न राखेको थुप्रोमा आगलागी भएको हो । आगलागीबाट रु दुई लाख ५० हजारभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij