• Thursday 10th of September 2026

नेप्सेमा उच्च अङ्कको वृद्धि


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लामो बिदापछि आज खुलेको बजारमा नेप्से परिसूचक ६०.४१ अङ्कले बढेर दुई हजार ५८४.९१ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७७ अङ्कले बढेर ४८२.०१ मा पुगेको छ । कारोबार भएका कूल २४० कम्पनीमध्ये आज १९२ कम्पनीको शेयर उकालो लाग्दा ३२ कम्पनीको शेयर ओरालो लाग्यो भने १२ कम्पनीको शेयर मूल्यस्थिर रह्यो । कूल ७१ लाख ६० हजार ९८३ कित्ता शेयर रु चार अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार आज सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर उकालो लाग्यो ।

कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४४ करोड ९४ लाख दुई हजार ५९१ बराबरको कारोबार भयो । नबिल बैंक रु २९ करोड ७० लाख ४९ हजार २९८, शिवम् सिमेन्ट रु २३ करोड ४९ लाख ८१ हजार ६७८, नेपाल बङ्गलादेश बैंक रु १८ करोड ९२ लाख १५ हजार ८२७ र अपि पावर कम्पनी रु १७ करोड ३७ लाख चार हजार ३०० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार हिमालयन डिस्टिलरी ९.९९, मध्यभोटेकोशी जलविद्युत् कम्पनी ९.९७, सूर्य लाइफ इन्स्योरेन्स ९.२९, कर्पोरेट डेभलपमेन्ट बैंक ७.७० र किसान लघुवित्तका लगानीकर्ताले ७.३८ प्रतिशतले कमाए । गुर्खाज फाइनान्स ५ं१२, नबिल इक्विटी फण्ड ३.६८, मञ्जुश्री फाइनान्स ३.०९, नबिल डिवेञ्चर २.९१ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले २.१२ प्रतिशतले गुमाए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३६ खर्ब ५१ अर्ब ३४ करोड ८२ लाख २४ हजार ८०४ बराबर पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij