• Wednesday 9th of September 2026

सुन्तला किसानलाई क्यारेड र डिजिटल तराजु वितरण


  • आशाका किरण
lsGg] xf] ;'Gtnf < afun'ª, @! k'; M afun'ªsf] unsf]6df hf/L v]ns'b tyf ;f+:s[lts dxf]T;jdf laqmLsf nflu /flvPsf ;'Gtnf . dxf]T;jdf s[lif pkhsf] k|bz{gL sIf;d]t 5 . t:jL/ M /fdaxfb'/ yfkf÷/f;;

केआइसिंह गाउँपालिका–४ का सुन्तला खेती गर्दै आएका किसानलाई सुन्तला राख्न र जोख्नका लागि क्यारेड तथा डिजिटल तराजु वितरण गरेको छ । कृषि ज्ञान केन्द्रले उक्त गाउँपालिका–४ बालाबनको कलारी कृषक समूहका २४ किसानलाई सो सामग्री वितरण गरेको हो ।

वर्षौंदेखि सुन्तलाखेती गर्दै आइरहेका यहाँका किसान उत्पादन भएका सुन्तला डोकामा बोकी बजारसम्म ल्याउने गरेका कारण धेरै जसो सुन्तला बिग्रने तथा डोकामा सुन्तला फुट्ने गरेका र तौलिँदा घाटा हुने गुनासो आएपछि ज्ञान केन्द्रले किसानको मागबमोजिम उक्त सामग्री वितरण गरेको कृषि ज्ञान केन्द्र प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बालाबन राम्रो सुन्ताल उत्पादन हने क्षेत्र हो, सडक सुविधा नहुँदा किसानका सुन्तला बजारसम्म डोकोमा लैजाँदा बिग्रिने र नोक्सान हुने समस्या भएपछि हामीले घरैमा सुन्तला जोख्नका लागि तराजु र सुन्तला राख्न क्यारेड दिएका छौँ, अब सुन्तला बिग्रिँदैन ।” कृषि ज्ञान केन्द्रले दिएका तराजु र क्यारेड पाएपछि अहिले यहाँका किसान खुसी भएका सुन्तला किसान रामसिंह धामीले बताउनुभयो । बलाबन गाउँपालिकाभरिकै सुन्तला पकेट क्षेत्रका रुपमा चिनिने गरेको छ । यस क्षेत्रमा कम्तीमा पनि ५०० देखि ६०० सम्म सुन्तलाका बोट रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij