• Friday 24th of July 2026

नेप्सेको उकालो यात्रा जारी, तीन कम्पनीको शेयरमा सर्किट


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता लगातार उकालो लागे । यसै क्रममा शेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहीबारसमेत कारोबार मापक नेप्से परिसूचक ४३.२९ अङ्कले उकालो लागेर दुई हजार ६९२.४७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.१६ अङ्कले बढेर ५०६.१६ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएकामध्ये १६४ कम्पनीको शेयर उकालो लागे भने २३ कम्पनीको शेयर मूल्यमा गिरावट देखियो । यस्तै तीन कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन । कारोबार भएका १३ उपसमूहमध्ये उत्पादन ५.९८ र व्यापार १९.३५ अङ्कले ओरालो लागे । यस्तै बैंकिङ ३५.०७, विकास बैंक ८८.४८, वित्त २७.४८, होटल तथा पर्यटन १०७.४७, जलविद्युत् ७२.२०, लगानी १.६१, लघुवित्त ५३.०८, सामूहिक लगानी कोष ०.१०, निर्जीवन बिमा २४३.९३, अन्य २०.४१ र जीवन बिमा ११४.५४ अङ्कले उकालो लागे ।

बाँकी ११ उपसमूहको शेयर मूल्य भने उकालो लागे । कारोबारका आधारमा अपिपावर कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको रु १६ करोड ३७ लाख ६ हजार ६६८ बराबरको कारोबार भयो ।

यस्तै एनआइसी एशिया बैंक रु १४ करोड ५२ लाख १९ हजार १४८, नेशनल माइक्रोफाइनान्स रु १० करोड ३६ हजार २५१, गरिमा विकास बैंक रु नौ करोड ३३ लाख ५९ हजार ७८७ र हिमालयन डिस्टिलरी रु आठ करोड ७७ लाख ९४ हजार ५२३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परे ।

नेप्सेका अनुसार नेपाल फाइनान्स, तेह्रथुम पावर र मध्यभोटेकोसीको शेयरमा सकारात्मक सर्किट लाग्यो । राष्ट्रिय बिमा कम्पनी ६.७४ र मैलुङखोला जलविद्युत् परियोजनाको शेयरमा ६.५८ प्रतिशतको वृद्धि भयो ।

यस्तै एनबिबीएल डिवेञ्चर ३.५३, विशाल बजार कम्पनी २.१५, हिमालयन बैंकको डिवेञ्चर १.९९, एसबिएल डिवेञ्चर १.९४ र माछापु्ुच्छ«े बैंकको डिवेञ्चरका लगानीकर्ताले १.८३ प्रतिशतले गुमाए । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब तीन अर्ब ३४ करोड ६२ लाख ६० हजार २५८ बराबर पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij