• Friday 24th of July 2026

अर्जेन्टिनामा कोकिनको विषाक्तताबाट मृत्यु हुनेको संख्या २३ पुग्यो


  • आशाका किरण

अर्जेन्टिनाको ब्युनस आयर्स प्रान्तमा विषाक्त कोकिन सेवनबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ भने ८४ जनालाई अस्पताल भर्ना गरिएको छ ।
अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले देशमा विषाक्तताका नयाँ घटनाहरूको अनुगमन गर्न विशेष समिति गठन गरेको छ । विज्ञहरू कोकिनमा मिसाइएको पदार्थ पत्ता लगाउन प्रयास गरिरहेका छन्। अधिकारीहरूले यसमा मुसाको विष परेको हुन सक्छ भन्ने कुरालाई अस्वीकार भने गरेका छैनन्। ब्युनस आयर्सका सुरक्षा मन्त्री सर्जियो बर्नीले पछिल्लो २४ घण्टाभित्र कोकिन किनेका मानिसहरूलाई फ्याँक्न आग्रह गरेका छन्।
अर्जेन्टिना प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको र थुप्रै संदिग्ध व्यक्तिहरूलाई हिरासतमा लिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij