• Saturday 25th of July 2026

नेप्सेमा ४० अङ्कको गिरावट


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४०.५७ अङ्कले ओरालो लागेर दुई हजार ८३६.१७ मा ओर्लेको हो ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.७३ अङ्कले घटेर ५३१.९२ मा ओर्लेको छ । कूल २२८ कम्पनीको एक करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर रु पाँच अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० मूल्यमा खरिद बिक्री भए । साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब आठ अर्ब ५५ करोड ७२ लाख ९० हजारको हाराहारीमा छ ।

कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ १९.०१, व्यापार ५०.४२, होटल तथा पर्यटन १८.६७, विकास बैंक ९९.९, जलविद्यसत् ३९.७१, वित्त ६०.५५, निर्जीवन बीमा १३१.४१, उत्पादन ५९.९४, अन्य ३८.३१, लघुवित्त ८२.२७, जीवन बीमा ५८०.५९, सामूहिक लगानी कोष ०.०६ र लगानी १.२७ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ५४ करोड ४९ लाख ९३ हजार २८३ बराबरको कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स रु ४२ करोड ४७ लाख ८२ हजार ८७, अपि पावर कम्पनी रु २५ करोड ९५ लाख ७५ हजार २९, नेशनल हाइड्रोपावर रु २४ करोड ११ लाख एक हजार ७५६ र माथिल्लो तामाकोशी रु २२ करोड ३८ लाख ८२ हजार ८९६ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार नेपाल हाइड्रो डेभलपर्स ८.०८, एनआरएन इन्फ्रास्टकचर ३.८०, शिखर इन्स्योरेन्स ३.१७, साहस ऊर्जा २.८६ र प्राइम बैंकको ऋणपत्रधनीले २ प्रतिशतले कमाए । त्यस्तै, विन नेपाल लघुवित्त १०, नेपाल लाइफ इन्स्योरेन्स ७.६१, बुद्ध भूमि नेपाल हाइड्रोपावर ६.४५, तेह्रथ्म पावर कम्पनी ४.४१ र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ४.३९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij