• Thursday 10th of September 2026

प्रतितोला रु १००ले बढ्यो सुनको मूल्य


  • आशाका किरण
Five hundred gram silver bars sit next to one thousand gram gold bars in an arranged photograph at the Istanbul Gold Refinery in Istanbul, Turkey, on Thursday, May 12, 2011. Both the precious metals, silver and gold, rose today on stockists buying for the ongoing marriage season, amid a firming global trend. Photographer: Kerem Uzel/Bloomberg via Getty Images

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १००ले बढेर रु ९२ हजार ६०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार १०० कायम भएको छ । जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij