• Thursday 10th of September 2026

नेप्सेमा दोहोरो अङ्कको वृद्धि


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आइतबार दोहोरो अङ्कले घटेको बजारमा आज नेप्से परिसूचक १५.७१ अङ्कले बढेर दुई हजार ८५१.८८ मा पुगेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०५ अङ्कले बढेर ५३५.३२ मा पुगेको छ ।

नेप्से उकालो लागे पनि कारोबार रकम भने खासै बढेको छैन । कूल २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर रु पाँच अर्ब दुई करोड २० लाख १७ हजार १८१ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ३० अर्ब ७५ करोड ९६ लाख ६० हजार बराबर पुगेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ । यस्तै, १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ ३.७८, होटल तथा पर्यटन ४.२७ र लघुवित्त ४.३९ अङ्कले ओरालो लागेको छ ।

त्यस्तै, व्यापार ७.५१, विकास बैंक २६.१५, जलविद्युत् ६.९१, वित्त ८.९२, निर्जीवन बीमा ७६.५, उत्पादन ३४.८७, अन्य ५४.१२, जीवन बीमा १२४.९६, सामूिहक लगानी कोष ०.०५ र लगानी २.९२ अङ्कले उकालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४९ करोड ३४ लाख ४९ हजार ८३९ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु २७ करोड ६६ लाख २५ हजार २९५, अरुण भ्याली हाइड्रोपावर रु २५ करोड १६ लाख ६४ हजार ७३२, नेपाल दूरसञ्चार कम्पनी रु २४ करोड ४८ लाख ५० हजार ८३१ र नेपाल लाइफ इन्स्योरेन्स रु २३ करोड ३० लाख १२ हजार ४०३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेपाल पूर्वाधार बैंक ८.४२, छ्याङदी हाइड्रोपावर ६.८३, सानिमा लाइफ इन्स्योरेन्स ५.०४, नेशनल हाइड्रोपावर ४.६६, र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ४.६१ प्रतिशतले कमाएका छन् । उता, बुद्ध भूमि नेपाल हाइड्रोपावर ४.५७, सपोर्ट माइक्रोफाइनान्स ३.७१, साहस ऊर्जा २.६४, विन नेपाल लघुवित्त २.४६ र नेपाल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले २.३९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij