• Tuesday 8th of September 2026

सारेगमप लिटिल च्याम्स विजेता पौडेललाई स्वागत


  • आशाका किरण
ljh]tf kf}8]nnfO{ eJo :jfut ub}{ lhNnfjf;L emfkf, @& df3 M ;f/]udk lnl6n RofDK; g]kfn klxnf] l;hgsf] ljh]tf s[kf kf}8]n laxLaf/ u[xlhNnf emfkf cfpFbf eb|k'/ ljdfg:ynd} lhNnfjf;Ln] u/]sf] eJo :jfut . t:jL/ M rGb|snf e08f/L÷/f;;

‘सारेगमप लिटिल च्याम्स नेपाल’को पहिलो सिजनकी विजेता कृपा पौडेललाई आज यहाँ भव्य स्वागत गरिएको छ ।

उहाँलाई भद्रपुर विमानस्थलमै जिल्लावासीले फूलमालाले भव्य स्वागत गरेका हुन् । उहाँ विजेता बनेपछि आज पहिलोपटक गृहजिल्ला फर्कनुभएको हो । विमानस्थलमै सयौँको सङ्ख्यामा स्वागतका लागि लामबद्ध साहित्यकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, आफन्तजनसँग उहाँले खुशी हुँदै भन्नुभयो, “यो मेरो मात्र होइन जिल्लावासीकै सफलता हो ।”

उहाँलाई विमानस्थलबाट बाजागाजासहित १७ किलोमटरसम्मको दूरीमा रहेको गृहनगर बिर्तामोड पु-याइएको छ । पौडेललाई जिताउन जिल्लामा नगेन्द्र सङ्ग्रौलाको अध्यक्षतामा ‘कृपा जिताउ अभियान’ नै सञ्चालन गरिएको थियो । सो अभियानले विर्तामोडस्थित झापा नाटक घरमा आज सम्मानको कार्यक्रमसमेत आयोजना गरेको समितिकी सदस्य तथा नारी सञ्चारगृहकी अध्यक्ष भीमा शिवाकोटीले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij