• Saturday 25th of July 2026

बङ्गलादेशमा १० करोड मानिसले कोभिड-१९ विरुद्धको खोप लगाए


  • आशाका किरण

बङ्गलादेशले कोभिड-१९ विरुद्धको खोपको पहिलो डोजसहित १० करोडभन्दा बढी मानिसलाई खोप लगाएको छ। आधाभन्दा बढी खोपहरू चीनको सिनोफार्मबाट लिइएको हो।
स्वास्थ्य सेवा महानिर्देशनालयको व्यवस्थापन सूचना प्रणालीका अनुसार, “फेब्रुअरी सम्ममा देशमा १०१,१९०,८९० मानिसहरूले खोपको पहिलो डोज (५२,०८४,४४२ चिनियाँ खोपको डोज सहित) लगाएका छन्।
त्यसैगरी करिब ७ करोड मानिसहरूलाई दुवै मात्राको खोप लगाइएको छ । जसमा मङ्गलबारसम्म ४६,९५९, २०३ ले सिनोफार्म प्राप्त गरेका छन् । बङ्गलादेशले गत जनवरीमा महामारी नियन्त्रण गर्ने उद्देश्यले कोभिड खोप अभियान शुरु गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij