• Wednesday 9th of September 2026

क्यानाडाली प्रहरीको ओटावामा प्रदर्शनकारीहरू विरुद्ध ‘आकस्मिक’ कारबाही गर्ने योजना


  • आशाका किरण
A person stands in front of trucks blocking Wellington Street as truckers and their supporters continue to protest against coronavirus disease (COVID-19) vaccine mandates in Ottawa, Ontario, Canada, February 15, 2022. REUTERS/Patrick Doyle

क्यानाडाका कानून प्रवर्तन एजेन्सीहरूले ओटावामा विरोध प्रदर्शनमा सहभागीहरू विरुद्ध “आकस्मिक” कारबाही गर्ने तयारी गरिरहेका छन् ओटावा प्रहरी प्रमुख स्टीव बेलका अनुसार प्रदर्शनकारीहरूले कोभिड-१९ विरुद्धका नियन्त्रणात्मक र प्रतिबन्धात्मक आदेशहरूको खारेजीको माग गरिरहेका छन् ।
“हामीले हाम्रा स्रोतहरू बलियो बनाउँदैछौं, स्पष्ट योजनाहरू विकास गर्दैछौं र कारबाही गर्ने तयारी गरिरहेका छौं,” बेलले बिहीबार पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । ओटावा पुलिस सेवा (OPS) लाई देशको संघीय पुलिस बल, रोयल क्यानेडियन माउन्टेड पुलिस (RCMP), ओन्टारियो प्रान्तीय पुलिस (OPP) र ओन्टारियो र क्युबेकका अन्य कानून प्रवर्तन एजेन्सीहरूले सहयोग रहने, बेलले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij