• Friday 24th of July 2026

बेलायतकी महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण


  • आशाका किरण

बेलायतकी महारानी एलिजाबेथ द्वितीया कोभिड-१९ सङ्क्रमित हुनुभएको छ। तर उहाँमा सङ्क्रमणको लक्षण भने “हल्का” छ । अहिले उहाँ आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहनुभएको छ।
महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चार्ल्सले फेब्रुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको दुई दिन पछि उहाँ सङ्क्रमित हुनुभएको खबर बाहिरिएको हो। “बकिङ्घम दरबारले विज्ञप्तिमार्फत उहाँ सङ्क्रमित हुनुभएको पुष्टि गरेको छ। “उहाँले हल्का चिसो भएको जस्तो लक्षणहरू अनुभव गरिरहनुभएको बताइएको छ ।
उहाँले कोभिड विरुद्धको खोप भने लगाइसक्नुभएको छ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij