• Saturday 25th of July 2026

रूसको आक्रमणमा कम्तीमा ४० यूक्रेनी सैनिकको मृत्यु, यूक्रेनले रूससँगको कुटनीतिक सम्बन्ध तोड्ने


  • आशाका किरण
A woman with a child and a dog walks at a metro station in Kyiv early on February 24, 2022. - Russian President Vladimir Putin announced a military operation in Ukraine on Thursday with explosions heard soon after across the country and its foreign minister warning a "full-scale invasion" was underway. (Photo by Daniel LEAL / AFP)

रूसले डोनबासमा सैन्य परिचालन सुरु गरेपछि कीभले मस्कोसँग कूटनीतिक सम्बन्ध टुटाउने निर्णय गरेको सरकारी समाचार संस्थाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गरी बिहीबार जनाएको छ ।

जेलेन्स्कीले टेलिभिजनको एउटा सम्बोधनमा यूक्रेनले आफ्नो सुरक्षा गरिरहेको र आफ्नो भूगोलमा सैन्य आक्रमण गर्ने रूससँगको कुटनीतिक सम्बन्ध बिच्छेद गर्ने बताउनुभएको हो ।

“यस आक्रमणमा ४० जनाभन्दा बढी युक्रेनी सैनिक र लगभग १० सर्वसाधारण मारिएको उहाँले पुष्टि गर्नुभयो ।

यसअघि बिहिबार नै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विशेष सैन्य अपरेशन’ को अनुमति दिनुभएको थियो ।

युक्रेनले देशभरका सैनिक प्रतिष्ठानहरु आक्रमणमा परेको पुष्टि गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij