सुदर्शन बजगाई, आशाका किरण समाचार ।कागेश्वरी मनोहरा नगरपालिकामा रहेको सहयोगी वचत तथा ॠण सहकारी संस्थाले नारी दिवसको अवसर पारेर महिला भेला गरी आफ्नो लाघुवित्त कार्यक्रमको बार्षिक नीति तथा योजना निर्माण गरेको छ। आज जहरसिंह पौवाको सामुदायीक भवनमा भएको कार्यक्रमको सभापतित्व सहयोगि साकोसका अध्यक्ष रामेश्वर श्रेष्ठले गरेका थिए भने प्रमुख आतिथ्यता शंखारापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठको रहेको थियो। कार्यक्रममा ९० वटा लघुवित्त केन्द्रका करिब २०० महिलाको सहभागिता रहेको रामेश्वर श्रेष्ठले आशाका किरण मिडियालाई बताए। हेर्नुस यस्तो निति बनाउदै कार्यक्रम समापन भएको थियो :


