• Wednesday 9th of September 2026

उत्तर कोरियाले अन्तरिक्षमा थप जासुसी उपग्रह प्रक्षेपण गर्ने


  • आशाका किरण
FILE - In this undated file photo provided on Sunday, May 24, 2020, by the North Korean government, North Korean leader Kim Jong Un speaks during a meeting of the Seventh Central Military Commission of the Workers' Party of Korea in North Korea. Kim suspended his military's plans to take unspecified retaliatory action against South Korea, state media said Wednesday, June 24, possibly slowing a pressure campaign against its rival amid stalled nuclear negotiations with the Trump administration. (Korean Central News Agency/Korea News Service via AP, File)

प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियका शीर्ष नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासूसी उपग्रह प्रक्षेपण गर्ने बताउनु भएको, आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ ।
नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (नाडा) को हालैको निरीक्षणको क्रममा किमले उक्त टिप्पणी गर्नुभएको हो। फेब्रुअरी २७ र मार्च ५ गते दुईवटा भूउपग्रह परीक्षण गर्ने नाडाले सार्वजनिक गरेको प्रमुख परीक्षणको नतिजाप्रति शीर्ष नेताले सन्तुष्टि व्यक्त गर्नुभएको छ। भूउपग्रहको विकासलाई सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षाका लागि महत्त्वपूर्ण काम भएको उहाँले बताउनु भएको छ । किमका अनुसार सैन्य उपग्रहहरू विकास र सञ्चालन गर्नुको उद्देश्य देशको सशस्त्र बलहरूलाई यसको विरुद्ध सैन्य कारबाहीहरूको वास्तविक-समय जानकारी प्रदान गर्नु हो।
पार्टी केन्द्रीय समितिले पञ्चवर्षीय योजना (२०२१-२०२५) को अवधिमा धेरै सैन्य उपग्रहहरूलाई सूर्य-सिंक्रोनस ध्रुवीय कक्षमा विविध रूपमा राख्ने राष्ट्रिय एयरोस्पेस विकास प्रशासनको निर्णय समावेश छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij