• Thursday 10th of September 2026

मूल्यवृद्धि नियन्त्रणमा प्रतिबद्ध छौं: मन्त्री भुसाल


  • आशाका किरण
sf7df8f}F, @% df3M nufgL af]8{ a}7sdf dGqL e';fn afn'jf6f/df dªunaf/ a;]sf] nufgL af]8{ g]kfnsf] $(cf}F a}7sdf pmhf{, hn;|f]t tyf l;FrfOdGqL kDkmf e';fn . tl:a/M /f]zg ;fksf]6f÷/f;;

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गोदावरी नगरपालिकाको छैटौं स्थापना दिवस एवं नवनिर्मित प्रशासनिक भवन उदघाटनका क्रममा आज यहाँ आयोजित कार्यक्रममा उहाँले महङ्गीले दैनिक भान्छा चलाउन कठिनाई भएको प्रसङग उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताउनुभयो । सो नगरपालिकाले गएको पाँच वर्ष राम्रोसँग काम गरेको उहाँको भनाइ थियो । सांसद नवराज सिलवालले सो क्षेत्र विकास निर्माणका हिसाबले काठमाडौँ उपत्यकाको कर्णालीका रुपमा रहेको बताउँदै सरकारले उक्त ठाउँका लागि केही लगानी बढाउनुपर्ने बताउनुभयो ।

नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भौगोलिक रुपमा सो नगरपालिका उपत्यकाको ठूलो रहेको जानकारी गराउँनुभयो । सो क्षेत्र भित्रिने सातदोबाटो–चापागाउँका साथै सातदोबाटो–हरिसिद्धिको सडकसमेत २२ मिटर विस्तारका लागि सम्बन्धित व्यक्तिलाई यथाशीघ्र मुआब्जा उपलब्ध गराइदिन सरकार प्रमुखसँग आग्रह गर्नुभयोे ।

उपप्रमुख मुना अधिकारीले अब आफूहरुले एकै भवनबाट सबै सेवा दिन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा १४ वडाध्यक्षलगायत कार्यापालिका सदस्य र कर्मचारीलाई सम्मान गरिएको थियो । सात तले अत्याधुनिक साथै मौलिक तथा कलात्मक ढङ्गले निर्माण सम्पन्न भएको सो भवन वज्रवाराही माविले उपलब्ध गराएको जमिनमा बनेको छ । भवन निर्माणका लागि हालसम्म लगभग रु २५ करोड रकम खर्च भइसकेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij