• Wednesday 9th of September 2026

दक्षिण कोरियामा एक लाख ६४ हजार ४८१ कोभिडका नयाँ सङ्क्रमित


  • आशाका किरण

२७ चैत (रासस÷सिन्ह्वा) : दक्षिण कोरियामा गत शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयाअवधीमा कोरोना भाइरसका एक लाख ६४ हजार ४८१ नयाँ सङ्क्रमति थपिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख ३३ हजार ६७० पुगेको स्वास्थ्य अधिकारीहरुले आइतबार बताएका छन् ।

दक्षिण कोरियमा हाल अत्यधिक रुपमा कोरोना भाइरस ओमिक्रोन भेरियन्ट फैलिएको जनाइएको छ । गत २४ घण्टा भएमा सङ्क्रमित मध्ये २८ हजार ९०१ जना सोलका बासिन्दाहरु रहेका छन् । ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ संक्रमितको संख्या क्रमशः ४२ हजार ३५३ र ८ हजार ५९४ रहेका समाचारमा जनाइएको छ ।

हाल गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा १५ ले बढेर १ हजार ११४ पुगेको छ । कोभिड–१९ बाट थप ३२९ जनाको मृत्यु भएको पुष्टि भएसँगै हाल दक्षिण कोरियामा कोरोनाबाट कुल मृतकको संख्या संख्या १९ हजार ४२१ पुगेको छ । कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

यहाँ चार करोड ४५ लाख १४ हजार ४६२ जनाले कोरोना भाइरसविरुद्ध खोपको दुई डोज प्राप्त गरेका छन् कोरोनाको दुई डोज प्राप्त गर्ने यो संख्या क्ुल जनसंख्याको ८६.७ प्रतिशत भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij