• Thursday 10th of September 2026

वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्नुपर्छ : मुख्यमन्त्री राई


  • आशाका किरण
df]/ª, @# r}t-/f;;_M k|b]z g+ ! sf d'VodGqL /fh]Gb|s'df/ /fO{ k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{noåf/f cfh oxfF cfof]lht dfgj clwsf/ ;DjGwL kfFrf] /fli6«o sfo{of]hgf sfof{Gjog, ljZjJofkL cfjlws k'g/fj]sgjf6 k|fKt l;kmfl/z sfof{Gjog sfo{of]hgf / cfly{s, ;fdflhs tyf ;f+:s[lts clwsf/ ;DjGwL kfFrf} cfjlws k|ltj]bgsf] k|f/lDe d:of}bf ;DjlGw 5nkmnsf] pb3f6g ;df/f]xdf dGtJo JoSQ ub}{ .tl:a/M dgf]h bfxfn÷/f;;

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नुपर्ने बताउनुभएको छ ।

मोरङ व्यापार सङ्घले सञ्चालनमा गरेको ‘विराट ट्रेड एक्स्पो’को आज समापन गर्दै उहाँले उद्योग स्थापनाका लागि सहज ढङ्गले नीतिनियम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले मुलुकको समृद्धि कायम एवं रोजगार वृद्धिमा उद्यमीहरू लाग्नुपर्नेमा जोड दिँदै एक्स्पोले राष्ट्रिय पूँजी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले सङ्घीय सरकारले विराटनगरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणका लागि बजेट निकासा गर्न प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले उद्योगी व्यापारीको चाहनाअनुसार यस क्षेत्रका लागि आवश्यक पर्ने प्रदर्शनीस्थलका निर्माणका लागि सबै पक्षबीच आवश्यक छलफल सुरु गर्ने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले तीन तहको सरकारको सहयोगमा विराटनगरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री हिक्मतकुमार कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमूर्त अर्याल र एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले एक्स्पोले यस क्षेत्रमा आर्थिक चलायमानमा सहयोग पु-याएको बताउनुभयो ।

सङ्घका अध्यक्ष नवीन रिजाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, नेपाल उद्योग परिसङ्घका भीम घिमिरे, सङ्घका पूर्वअध्यक्ष ताराचन्द खेतान र नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरेले विराटनगरलाई पुनः दोस्रो ठूलो बनाउन सबैले आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

एक्स्पोमा ३०० बिक्री कक्ष राखिएका थिए । स्वदेशी, भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका कृषि, घरेलु उत्पादन, खाद्य, लत्ताकपडा, साना र ठूलो उद्योगका उत्पादित वस्तुहरू बिक्री वितरणका लागि राखिएको थियो । एक्स्पोमा प्रदेश नं १, मधेस प्रदेश र छिमेकी भारतीय सहरका तीन लाख ५० हजार दर्शकहरूले अवलोकन गर्नाका साथै रु ४५ करोडको कारोबार भएको एक्स्पो संयोजक विकास वेगवानीले जानकारी दिनुभयो ।

सो अवसरमा उद्घोष दैनिक, सृष्टि दैनिक र आर्थिक अभियानका सञ्चारकर्मी, उत्कृष्ट स्टल, एवं एक्स्पो निर्माण एवं सञ्चालनमा सहयोग पु¥याउनेलाई सम्मान गरियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij