• Wednesday 9th of September 2026

भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ८८ हजार


  • आशाका किरण
A health worker tries to adjust the oxygen mask of a patient at the BKC jumbo field hospital, one of the largest COVID-19 facilities in Mumbai, India, Thursday, May 6, 2021.(AP Photo/Rafiq Maqbool)

२१ बैशाख (रासस÷सिन्ह्वा): भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ ।ती मध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

नयाँ सङ्क्रमित मध्ये एक हजार ४१४ जना भने दिल्ली प्रदेशका मात्रै रहेका छन् । पछिल्लो समयमा दिल्ली प्रदेशमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या धेरै बढेको छ । संघीय स्वास्थ्य मन्त्रालयकाअनुसार भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच हजार ९८६ रहेको छ । देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या भने १९ हजार ५०९ रहेको छ ।

पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण भारतमा ३१ जनाको मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख २३ हजार ९२० रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij