• Wednesday 9th of September 2026

भारतमा कोरोनाका एक दिनमा दुई हजार ४८७ कोरोना सङ्क्रमित


  • आशाका किरण

१ जेठ (रासस÷सिन्ह्वा) : भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मध्यरातिसम्म दुई हजार ४८७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २१ हजार ५९९ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १३ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्य्ु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २१४ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १७ हजार ६९२ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

चौविस घण्टाको समयावधी अर्थात शनिबार मध्यरातिसम्म दुई हजार ८७८ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ७९ हजार ६९३ लाई कोरोना सङ्क्रमण निको भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij