• Saturday 25th of July 2026

नेपालसँगको सम्बन्ध प्रगाढ तुल्याउनु मेरो भ्रमणको उद्देश्य हो : प्रम मोदी


  • आशाका किरण

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभएको छ । लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा नयाँ दिल्लीबाट प्रस्थान वक्तव्य जारी गर्दै उहाँले नेपालसँगको भारतको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ ।

वक्तव्यमा उहाँले “मेरो भ्रमणको उद्देश्य शताब्दिऔँदेखि प्रगाढ र अभिलेखित पारस्परिक सम्बन्धलाई मनाउने र त्यसलाई अझ गाढा बनाउनका निम्ति हो,” भन्नुभएको छ ।

प्रधानमन्त्री देउवाको गत महिना भारत भ्रमणका क्रममा भएका फलदायी छलफलपछि प्रधानमन्त्री देउवालाई फेरि भेट्न आफू आतुर रहेको बताउँदै प्रधानमन्त्री मोदीले जलविद्युत्, विकास र सम्पर्क सञ्जार विस्तारलगायत विभिन्न क्षेत्रमा सहयोग बढाउन साझा समझदारीलाई निरन्तरता दिइने वक्तव्यमा उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाको निमन्त्रणामा उहाँ भोलि विशेष विमानबाट यहाँ आउँदै हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij