• Wednesday 9th of September 2026

इन्डोनेसियामा शक्तिशाली भूकम्प


  • आशाका किरण

३ जेठ (रासस÷सिन्ह्वा) : इन्डोनेसियाको जाकार्तामा मंगलबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ । मंगलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुुस भएको बताइएको छ ।सो भूकम्प ६ म्याग्निच्युडको रहेको यहाँका अधिकारीहरुले जनाएका छन् । यहाँको भौगर्भिक सर्वेक्षण संस्थाले जनाए अनुसार सो भूकम्प शक्तिशाली रहेको र यसको क्षतिको खोजी भइरहेको छ ।

भूकम्पको प्रभावित रहेको क्षेत्रमा उद्धार तथा खोजीको काम भइरहेको बताइएको छ । प्रारम्भिक रिपोर्टमा अहिलेसम्म कुनै क्षतिको विवरण थाहा भएको छैन । तर अधिकारीहरुले भूकम्प शक्तिशाली भएकाले भौतिक तथा मानवीय क्षति भएको अनुमान गरिएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij