• Saturday 25th of July 2026

नेप्से परिसूचक ओरालो, एक अर्ब ३० करोडको कारोबार


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २३.५१ अङ्कले ओरालो लागेर दुई हजार २५०.९१ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.८८ अङ्कले ओरालो लागेर ४३७.२१ मा झरेको छ ।

नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तोमा समेटिएको छ । कूल २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता शेयर रु एक अर्ब ३० करोड नौ लाख ८१ हजार ९९६ बराबरको कारोबार भयो । कारोबार भएका १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर ०.११ अङ्कले उकालो लागेको छ । त्यस्तै, बैंकिङ ६.५७, व्यापार २४.९२, होटल तथा पर्यटन २१.०६, विकास बैंक ८३, जलविद्युत् ४४.७४, वित्त ४१.३५, निर्जीवन बीमा १४३.०५, उत्पादन ४४.४२, अन्य १८.३८, लघुवित्त ५१.७, जीवन बीमा १७२.२८ र लगानी १.०५ अङ्कले ओरालो लागेको छ ।

कारोबार भएकामध्ये प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैंकको रु १२ करोड ८१ लाख ७९ हजार ९६२ बराबरको कारोबार भयो । एनआइसी एशिया लघुवित्त रु पाँच करोड सात लाख ७२ हजार ८२०, अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ९० लाख ७६ हजार ७१६, अरुण काबेली पावर रु तीन करोड १२ लाख ६३ हजार ९४९ र हिमालयन डिस्टिलरी रु दुई करोड ९६ लाख २५ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार कारोबारका आधारमा जनरल इन्स्योरेन्स ७.४५, मैलुङ खोला जलविद्युत् कम्पनी २.९४, एनएमबी हाइब्रिड फण्ड एक २.२८, एनआइसी एशिया सेलेक्ट फण्ड २.२४ र नबिल ब्यालेन्स फण्ड तेस्रोका लगानीकर्ताले २.०९ प्रतिशतले कमाए । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स ७.०८, युनियन हाइड्रोपावर ५.३०, सूर्योदय बोमी लघुवित्त ५.१२, श्री इन्भेस्टमेन्ट फाइनान्स ४.७२ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.७० प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij