• Thursday 10th of September 2026

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा दुई हजार २०० को बिन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.२१ अङ्कले ओरालो लागेर दुई हजार २०० मा ओर्लेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ५.६९ अङ्कले ओरालो लागेर ४२९.०५ अङ्कमा ओर्लेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर रु एक अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य नै ओरालो लागेको छ । बैंकिङ १७.९६, व्यापार २१.८५, होटल तथा पर्यटन ७०.६९, विकास बैंक ७५.९२, जलविद्युत् ५३.०९, वित्त ३३.३२, निर्जीवन बीमा १६३.७९, उत्पादन ७२.४४, अन्य ४.०१, लघुवित्त ८४.७८, जीवन बीमा २८५.८८, सामूहिक लगानी कोष ०.१४ र लगानी १.४७ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड १५ लाख नौ हजार २६५ बराबरको कारोबार भयो । अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ८७ लाख २७ हजार, नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड ८५ लाख ७३ हजार ५८९, नागरिक लगानी कोष रु तीन करोड ६४ लाख २६ हजार ९४६ र हिमालयन डिस्टिलरी रु तीन करोड ५३ लाख ८३ हजार ७४३ बराबरको कारोबार भई शीर्ष पाँचमा रहे ।

नेप्सेका अनुसार गुराँस लघुवित्त ६.२०, प्रभु लाइफ इन्स्योरेन्स ५.२६, लुम्बिनी जनरल इन्स्योरेन्स ४.०२, एनएमबी फिफ्टी ४.०१, युनाइटेड इदि मर्दी आरबी हाइड्रोपावरका लगानीकर्ताले ३.९२ प्रतिशतले कमाएका छन् । मिथिला लघुवित्त ५.८९, विन नेपाल लघुवित्त ५.८७, तेह्रथुम पावर कम्पनी ५.४३, प्रभु इन्स्योरेन्स ५.१४ र लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताले ५.०४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij