• Saturday 25th of July 2026

नेप्से परिसूचक निरन्तर ओरालो, एक अर्ब २९ करोडको कारोबार


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.८२ अङ्कले ओरालो लागेर दुई हजार २२३.७८ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४० अङ्कले ओरालो लागेर ४३३.०७ अङ्कमा ओर्लिएको छ । कूल २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर रु एक अर्ब २९ करोड ८९ लाख पाँच हजार ५९० बराबरको कारोबार भयो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । होटल तथा पर्यटन २.४ अङ्कले उकालो लाग्यो । त्यस्तै, बैंकिङ ६.०८, व्यापार १३.१५, विकास बैंक ३७.५४, जलविद्युत् २९.७३, २९.७३, वित्त २२.३६, निर्जीवन बीमा ६८.४६, उत्पादन ३७.८१, अन्य २९.९८, लघुवित्त २०.७५, जीवन बीमा ७८.८१, सामूहकि लगानी कोष ०.०१ र लगानी ०.४२ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा प्रभु बैंकको संस्थापक शेयरको कारोबार शीर्ष स्थानमा रह्यो । सो बैंकको रु १७ करोड ६० लाख ७५ हजार बराबरको कारोबार भयो । मेगा बैंक रु नौ करोड ८२ लाख ४० हजार ६६४, अरुण भ्याली हाइड्रोपावर रु चार करोड ६२ लाख ४७ हजार ४७९, अरुण काबेली पावर रु तीन करोड ८२ लाख २५ हजार ५६२ र नबिल बैंक रु तीन करोड ५७ लाख ३९ हजार १६२ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे ।

नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना ६.१३, नारायणी डेभलपमेन्ट बैंक ५.३१, उपकार लघुवित्त ४.०४, युनाइटेड इर्दी मर्दी ४.०१ र मेगा म्युचुअल फण्ड एकका लगानीकर्ताले २.३१ प्रतिशतले कमाए । त्यस्तै, दिव्यश्वरी हाइड्रोपावर ३.७५, हिमाल दोलखा हाइड्रोपावर ३.७४, कर्णाली डेभलपमेन्ट बैंक ३.६५, माथिल्लो तामाकोशी हाइड्रोपावर ३.२१ र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले ३.१० प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij