• Friday 24th of July 2026

बजेट २०७९/८० : आयातबाट उत्पादनतर्फ प्रस्थान


  • आशाका किरण
dlGqkl/ifbsf] a}7sdf ah]6 kf; ePkl5 k|d b]pjfnufot sf7df8f}F, !% h]7M l;+xb/af/l:yt k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no kl/;/df dlGqkl/ifbsf] cfOtaf/ a;]sf] a}7sdf cfj @)&(÷*) sf] ah]6 kf; ePkl5 k|wfgdGqL z]/axfb'/ b]pjf, cy{dGqL hgfb{g zdf{nufot dlGqu0f . tl:a/M /f]zg ;fksf]6f÷/f;;

सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ ।

आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गर्नुभएको हो ।

यो बजेट आयातबाट उत्पादनतर्फ र बञ्चितिकरणबाट समावेशीकरणतर्फ प्रस्थान भएको उहाँले बताउनुभयो । कोभिडपछिको अर्थतन्त्र लयमा फर्कन लागेको बताउँदै उहाँले चालू आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री शर्माले उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरी रोजगारी सिर्जनाका लागि गरिबी निवारण गर्ने, प्राकृतिक स्रोतसाधन र पूँजीको परिचालन गरी रोजगारी सिर्जना गर्ने विषय बजेटको प्राथमिकतामा रहेको जानकारी गराउनुभयो ।

बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहनुभएको छ । आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij