• Wednesday 9th of September 2026

चीनमा शनिबार ५४ जनामा कोभिड सङ्क्रमण


  • आशाका किरण

१५ जेठ (रासस÷एएनआई) : चीनको मुख्यभूमिमा शनिबार ५४ जनामा स्थानीय रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये सङ्घाईका २९ र १४ जना बेइजिङका रहेका राष्ट्रिय स्वास्थ्य आयोगले आइतबार जनाएको छ ।

चीनको मुख्य भूमिमा शनिबार २५२ जनाभन्दा बढी कोभिड–१९ का बिरामी अस्पतालबाट डिस्चार्ज भएका राष्ट्रिय स्वास्थ्य आयोगले दाबी गरेको छ । शनिबार निको भएर अस्पतालबाट डिस्चार्ज भएका कोभिड–१९ का बिरामीसहित कुल २ लाख १५ हजार ८६० पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij