• Thursday 10th of September 2026

वैदेशिक रोजगारमा गएका नेपालीलाई आइपिओमा आरक्षण


  • आशाका किरण

सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक शेयर निष्कासनमा आरक्षणको व्यवस्था गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा रोजगारीको सिलसिलामा मुलुकबाहिर रहेका नेपालीलाई यहाँ निष्कासन तथा बिक्री खुला हुने कम्पनीका प्राथमिक शेयरमा १० प्रतिशतको आरक्षणको व्यवस्था गरिने उल्लेख छ ।

अर्थमन्त्री शर्माले धितोपत्र बजारमा गैरआवासीय नेपालीहरुको लगानी खुला गर्ने कानून बनाइने बताउनुभएको छ । त्यस्तै धितोपत्र बजारको दोस्रो बजार संरचनालाई थप प्रतिस्पर्धी बनाइने र पूँजी बजारको विस्तार र विविधीकरण गरेर सम्भावित जोखिम न्यूनीकरण गरी आम लगानीकर्ताहरुको हकहित संरक्षण गरिने अर्थमन्त्री शर्माले बताउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij