• Wednesday 9th of September 2026

युक्रेनलाई थप अझ असल हतियार पठाउने पश्चिमी राष्ट्रहरूको प्रतिबद्धता


  • आशाका किरण

पश्चिमी राष्ट्रहरूले युक्रेनलाई थप अधिक उन्नत हतियारहरू उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जर्मनीले बुधबार युक्रेनलाई आधुनिक एन्टि–एयरक्राफ्ट मिसाइल र रडार प्रणालीहरू आपूर्ति गर्ने बताएको छ भने अमेरिकाले पनि उच्च प्रविधियुक्त, मध्यम–दूरीका रकेट प्रणाली समावेश भएको हतियार प्याकेज प्रदान गर्ने जनाएको छ ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले जर्मनीसँग रहेका सबैभन्दा आधुनिक रक्षा प्रणालीका क्षेप्यास्त्र युक्रेनलाई पठाइने सांसदहरूलाई बताउनुभएको छ । युक्रेनलाई प्रदान गरिने हतियारबाट रूसी हवाई आक्रमणबाट पूरै शहरको रक्षा गर्न सकिने उहाँले बतानुभयो । जर्मनीले युक्रेनलाई शत्रुको तोपखाना पत्ता लगाउन रडार प्रणाली पनि उपलब्ध गराउने जानकारी दिनुभयो ।

पश्चिमी हतियारहरू रूसको धेरै ठूला र सुसज्जित सेनालाई रोक्न तथा युक्रेनको सफलताको लागि महत्वपूर्ण मानिएका छन् । राजधानी किएभमाथि नियन्त्रण गर्ने रुसको प्रारम्भिक प्रयासलाई विफल पार्दै र मस्कोलाई पूर्वी औद्योगिक डोनबास क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्न युक्रेनले बाध्य तुल्याएको छ ।

जतिजति युद्ध चर्किंदै गएको छ त्यतित्यति रुसले युक्रेनी शहरहरूमा बमबारी गरेपछि किएभले आफ्नो रक्षाका लागि थप हतियार माग गर्दै आएको छ । युक्रेनी राष्ट्रपति वोलोडिमिर जेलेन्स्कीले हतियारको आपूर्तिमा भएको विलम्बका लागि पश्चिमी देशहरूको आलोचना गर्नुभएको छ । विशेषगरी जर्मनीले पर्याप्त सहयोग नगरेकामा उहाँ रुष्ट हुनुहुन्छ ।

अमेरिकी प्याकेजमा हेलिकप्टर, जेभलिन एन्टी–ट्याङ्क हतियार प्रणाली, रणनीतिक सवारी साधन, मर्मतसम्भारका सामग्री सामेल गरिएको अधिकारीहरूले बताएका छन् । अमेरिकाले प्रदान गर्ने आधुनिक रकेट प्रणालीबाट युक्रेनी सेनालाई युक्रेन भित्रको रूसी सम्पत्ति लक्षित हमला सहज बनाउन मद्दन गर्नेछ।

डोनबासका क्षेत्रीय गभर्नरले रुसी सेनाले अब मस्को–समर्थित पृथकतावादीहरूद्वारा नियन्त्रित नभएको क्षेत्रका केही भाग कब्जा गर्ने रुसी प्रयासको महत्वपूर्ण सहर सिभिएरोडोनेट्स्कको ७० प्रतिशत नियन्त्रण गरेको बताएका छन् ।

लुहान्स्क क्षेत्रका गभर्नर सेर्ही हाइडाइले शहरका सडकमा लडाइँ जारी रहेको, ९० प्रतिशत आवासीय भवनहरू क्षतिग्रस्त भए पनि करिब १३ हजार सर्वसाधारण बाँकी रहेका र दशौं हजार शहरबाट भागेका जनाएका छन् ।

लुहान्स्क क्षेत्रको लिसिचान्स्क शहर रुसीहरूले अझै कब्जा नगरेका र त्यहाँ अझै युक्रेनको पूर्ण नियन्त्रण छ । रुसीहरूले दुई–तीन दिन भित्र सिभिएरोडोनेत्स्कलाई नियन्त्रणमा लिन सफल भएमा उनीहरूले तोपखाना र मोर्टारहरू स्थापना गर्न थाल्ने र लिसिचान्स्कलाई अझ तीव्रताका साथ गोलाबारी गर्नेछन् उनले बताए । उनका अनुसार केही युक्रेनी सेनाहरू सिभिएरोडोनेत्स्कबाट फिर्ता भएका छन् । शहरबाट सर्वसाधारण बाहिर जान पाएका छैनन् भने मानवीय सहायता ल्याउने कुनै सम्भावना पनि छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij