• Thursday 10th of September 2026

डिजिटल भुक्तानी सरकारको उच्च प्राथमिकतामा छ : सञ्चारमन्त्री कार्की


  • आशाका किरण
sf7df8f}F, ( h]7M dlGqkl/ifbsf] lg0f{o ;fj{hlgs ;~rf/ tyf ;'rgf k|ljlwdGqL 1fg]G›axfb'/ sfsL{ ;f]daf/ dGqfnodf dlGqkl/ifbn] u/]sf lg0f{o ;fj{hlgs ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । उहाँले सरकारले डिजिटल भुक्तानीलाई बढावा दिँदै आएको उल्लेख गर्नुभयो ।

ब्राण्डवर्थ प्रालिले आज काठमाडौँमा आयोजना गरेको दोस्रो चरणको ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२’ लाई सम्बोधन गर्दै उहाँले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज मानेर नीति निर्माणमा समेत समट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस कार्यक्रमले डिजिटल नेपाल फेमवर्क कार्यक्रममा समेत सघाउ पुग्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छु, यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ, यो कार्यक्रम अवधिभर मात्र नभएर सधैँभरि कायम गर्नुपर्छ ।” उहाँले यस कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रुपान्तरण गर्नुपर्ने जनाउँदै यस्ता कार्यक्रमबाट समाज प्रत्यक्षरुपमा लाभान्वित हुने बताउनुभयो ।

सूचना प्रविधिको विकास विना मुलुकको विकाससमेत असम्भव भएको जनाउँदै उहाँले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगै लिएर जानुपर्ने बताउनुभयो । दूरदराजका क्षेत्रमा समेत सूचना प्रविधि पहुँच पु-याउन सहयोग गर्ने उल्लेख गर्दै मन्त्री कार्कीले सूचना प्रविधिको पहुँच सबै नागरिकमा पु-याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको जानकारी गराउनुभयो । इन्टरनेट सेवालाई अझ सस्तो, गुणस्तरीय बनाउन सरकार सकारात्मक रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij