• Wednesday 9th of September 2026

उत्तर कोरियाद्वारा ८ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण


  • आशाका किरण

प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै उल्लेख गरेको छ।
यसअघि आइतबार योनहापले दक्षिण कोरियाली स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले आइतवार जापान सागरतर्फ कम्तिमा दुई स्थानबाट थुप्रै ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको जनाएको थियो।
यसैबीच दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले एउटा अज्ञात ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको घोषणा गरेको छ । योनहापले दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) लाई उद्धृत गर्दै प्योङयाङले आइतबार कम्तीमा दुई स्थानबाट आठ छोटो दूरीका ब्यालिस्टिक मिसाइल परीक्षण गरेको बताएको हो।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij