• Friday 24th of July 2026

भारतमा कोरोनाबाट थप ४५ सय सङ्क्रमित, नौ को मृत्यु


  • आशाका किरण
A health worker tries to adjust the oxygen mask of a patient at the BKC jumbo field hospital, one of the largest COVID-19 facilities in Mumbai, India, Thursday, May 6, 2021.(AP Photo/Rafiq Maqbool)

नयाँ दिल्ली, २३ (रासस÷सिन्ह्वा) – भारतमा कोरोना भाइरसबाट थप ४५ सय भन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा चार हजार ५१८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख ८१ हजार ३३५ पुगेको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी कुल मृतकको सङ्ख्या पाँच लाख २४ हजार ७०१ पुगेको र ती मध्ये नौ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले २५ हजार ७८२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा एक हजार ७३० जना बढी हो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij