• Friday 24th of July 2026

किसानको रोजाइमा उन्नत जातका बीउ


  • आशाका किरण
vnËf, !( h]7M sfnLdf;L{ wfg /f]Kb} h'Dnfsf] tftf]kfgL ufpFkflnsf–$ l:yt lu8Lvf]nfsf ls;fg h'DnL sfnLdf;L{ wfg /f]Kb} oxfFsf ls;fgnfO{ . o; ofddf df;L{wfg /f]Kg r6f/f] k/]sf] 5 . tl:a/ M ljho /fjt÷/f;;

गलेश्वर, २४ जेठ (रासस) : रैथाने बाली लगाउँदा मेहनत र लागतअनुसारको उत्पादन नभएपछि म्याग्दीका किसानहरुले बजारबाट उन्नत जातको धानको बीउ किनेर लगाउने गरेका छन् । हाइब्रिड (उन्नत) जातको बीउको प्रयोग बढ्दै गएपछि ५÷६ वर्ष अघिसम्म यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीहरु अहिले लोपोन्मुख अवस्थामा पुगेका कृषि प्राविधिकहरुले बताएका छन् ।

बेनी नगरपालिका २ बगरफाँटका पदमपाणि शर्माले छ वर्षयता उन्नत जातका धानको बीउ प्रयोग गर्न थालेको बताउनुभयो । यस वर्ष पनि शर्माले युएस ३१२ जातको धानको बीउ राखेको बताउनुभयो । शर्माले पहिलो गौरिया, गुडुरा, आँगा, ताकमारे, जौधान लगायतका रैथाने धानको बीउ लगाउनुहुन्थ्यो । यी जातका बाली लगाउँदा दुःख धेरै हुने, रोग किराको प्रकोप देखिने र उत्पादन कम हुँदा लागत खर्च पनि नउठ्ने हुन थालेपछि बीउ परिवर्तन गरेर खेती गर्दा उत्पादन वृद्धि भएको उहाँको भनाइ छ ।

शर्माले मात्र होइन म्याग्दीका अधिकांश किसानले उन्नत जातको बीउ प्रयोग गर्न थालेपछि स्थानीय जातका बालीहरु लोप हुँदै गएका हुन् । “गाउँघरमा पहिलेदेखि नै लगाउँदै आएका बाली अहिले पाइनै छाड्यो, बजारमा विभिन्न थरीका नयाँनयाँ जातका बीउ आउँछन्, नयाँ बीउ खरिद गरेर लगाउने गरिएको छ, उन्नत जातको बीउबाट उत्पादन धेरै हुने भएकाले हिजोआज रैथाने बाली लगाउनै छाडियो,” सिङ्गाका किसान नारायण पौडेलले भन्नुभयो ।

उत्पादन धेरै लिन पाइने, पराल पर्ने भएकाले सात÷आठ वर्षदेखि नै उन्नत खालका धानको बीउ प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । उन्नत बालीलाई जग्गा धेरै नचाहिने, थोरै जग्गामा खेती गरे पनि धेरै उत्पादन हुने, रैथाने बाली पाँच÷सात मुरी फल्ने जग्गामा उन्नत बाली ३०÷३५ मुरी फल्ने हुँदा आफूहरु रैथाने बालीको विकल्पमा उन्नत जातका बालीतर्फ आकर्षित भएको स्थानीय कृषकहरुले बताएका छन् । उत्पादन नबढ्ने, फल लाग्ने बेलामा ढल्ने, पराल कम पर्ने भएकाले किसानले नयाँ प्रजातिका बीउ खोजी खोजी लगाउने गरेको पाइन्छ । महँगो मूल्यमा हाइब्रिड जातको बीउ खरिद गरेर खेती गर्ने बढेका छन् । अहिले जिल्लामा उन्नत जातका नयाँ नयाँ प्रजाति धानको बीउ आउन थालेपछि रैथाने जातका धान देखिन छाडिसकेको छ । जिल्लाबाट रैथाने प्रजातिका धान विस्थापित हुँदै जाँदा नयाँ भनिएका विकासे धानका कारण विभिन्न खाले रोग प्रकोपसमेत बढेको किसानको भनाइ छ । हाइब्रिड धानको अतिक्रमणमा परेपछि रैथाने बाली लोप हुँदै गएका हुन् ।

बजारमा उन्नत जातका धानका बीउ आउन थालेपछि रैथाने बीउ किसानले बिस्तारै लगाउन छाड्दै जाँदा अहिले लोप हुन पुगेको हो । रैथाने बाली संरक्षण हुनुपर्छ भनेर कतिपय किसानले सम्बन्धित निकायमा माग पनि गरेका छन् । धानको गुणभन्दा पनि फल्ने मात्राको लेखाजोखामा किसानको ध्यान छ । उत्पादनमा कमी, जनसङ्ख्या बढ्दो, जग्गा घट्दो भएका कारण धेरै फल्ने जातको खोजीमा किसान छन् । रैथाने धानका लागि गाईभैँसीको मल प्रयोग गर्ने र नयाँ जातको धान युरिया मलको भरमा उत्पादन हुने गरेको कृषक स्वयम् बताउँछन् ।

उन्नतको तुलनामा रैथाने बाली स्वास्थ्यका लागि धेरै राम्रो मानिए पनि त्यसको खेती गर्नै छाडिएको छ । रैथाने बालीमा प्रोटिन, कार्बोहाइड्रेट, आइरन, क्याल्सियम पाइने भएकाले पनि स्वास्थ्यका लागि सेवन गर्नु राम्रो मानिन्छ । धान मात्रै होइन म्याग्दीका ग्रामीण भेगबाट स्थानीय प्राकृतिक स्रोत, ती स्रोतको उपभोग र प्रयोग गर्ने तरिका, रैथाने बीउबिजन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइने विशेष किसिमका जडीबुटी फूल, पुतलीका प्रजाति र जीवाणुसम्मका जैविक पदार्थ चोरी हुने क्रम बढेसँगै जिल्लाका पहिचान बोकेका रैथाने स्रोत लोप हुने अवस्थामा पुगेका हन् ।

करिब एक दशकअघि देखि म्याग्दीका गाउँबाट रैथाने प्रजातिका खाद्यान्न, हिउँदे बाली, दलहन र तेलहनका बाली, फलफूल लगायतका बालीको बीउ, जुनेलो, सिलाम, आँगा, मार्सी, गुडुरा, गौरिया, जौधान लगायतका धान, घैया, उवालगायतका बालीको बीउ लोप हुँदै गएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

आयातीत बीउबिजनको प्रयोग गर्ने क्रम बढ्दै गएपछि यहाँका कृषकको घरका भित्तामा पाकेका फर्सी, काक्रा, घिरौलालगायतका बीउ टाँस्न छोडेका छन् भने धान, गहुँ, मकै लगायतका बालीका लागि बीउसमेत साँचेर राख्न पनि छोडेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij