• Thursday 10th of September 2026

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।

कारोबार मापक नेप्से परिसूचक १३.७८ अङ्कले उकालो लागेर एक हजार ८६२.०६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८१ अङ्कले उकालो लागेर ३६४.९० मा पुगेको छ । कूल २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता शेयर रु एक अर्ब १५ करोड १२ लाख आठ हजार ३१ मूल्यमा कारोबार भयो ।

शेयर कारोबार हुने साताको अन्तिम दिन अर्थात् शुक्रबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ५४ अर्ब ८२ करोड ८९ लाख ९० हजार बराबर छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा गिरावट आएको छ भने १२ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैङ्किङ २.३७, व्यापार ३.३२, होटल तथा पर्यटन २६.०४, विकास बैंक ५७.०४, जलविद्युत्् २४.०५, वित्त २४.९२, निर्जीवन बीमा १२८.९३, उत्पादन २९.६२, अन्य १२.०८, लघुवित्त ३१.७७, जीवन बीमा १३१.४६, लगानी ०.२६ अङ्कले उकालो लाग्दा सामूहिक लगानी कोष ०.०९ अङ्कले ओरालो लाग्यो ।

कारोबारका आधारमा कुमारी बैंक आज पनि शीर्ष स्थानमा छ । सो बैंकको रु आठ करोड ६३ लाख १२ हजार ३४७ बराबरको कारोबार भयो । त्यस्तै, न्यादी ग्रुप पावर रु छ करोड ३१ लाख ५९ हजार २०९, लक्ष्मी बैंक रु चार करोड ७६ लाख ९३ हजार १८४, हिमालयन डिस्टिलरी रु तीन करोड ४८ लाख ५९ हजार २१४ र नागरिक लगानी कोष रु तीन करोड सात लाख ७८ हजार ९८९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार न्यादी ग्रुप अफ पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिवाइसी नेपाल लघुवित्त ८.२१, लाइफ इन्स्योरेन्स कर्पोरेशन ७.८९, राधी विद्युत् कम्पनी ७.७१ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ५.९३ प्रतिशतले कमाए । यस्तै, आँधीखोला लघुवित्त ७.८८, मेगा म्युचुअल फण्ड एक ६.९२, माहुली लघुवित्त ६.८०, घलेम्दी हाइड्रो ५.०४ र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले ३.६१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij