• Friday 24th of July 2026

बागलुङमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेती


  • आशाका किरण
unsf]6, !& c;f/ M Jofj;flos 8«fug k|m'6 v]tL afun'ª gu/kflnsf–! /fd/]vf dfemLa:tL glhs} o'jf Joj;foL ljdn]z cfrfo{n] rf/ /f]kgL hUufdf ;'? u/]sf] Jofj;flos 8«fug k|m'6 v]tL . cfrfo{n] ? %) nfvsf] nfutdf /fd/]vfdf b'O{ /f]kgL / dfemL a:tLdf rf/ /f]kgLdf b'O{ xhf/ !)) 8«fug k|m'6sf la?jf nufpg'ePsf] 5 . tl:a/M v]d/fh uf}td÷/f;;

बहुगुणी फलफूलको रुपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती बागलुङमा सुरु भइसकेको छ । एक वर्षअघि मात्रै बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएको थियो ।

त्यस लगतै गलकोटमा व्यावसायिक ड्रागन फ्रुट खेतीको सुरु भएको हो । यसैबीच बागलुङ बजार क्षेत्रमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेतीको सुरु गरिएको छ । बागलुङ नगरपालिका–१ रामरेखाका विमलेश आचार्यले ठूलो क्षेत्रफलमा ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएको छ ।

आचार्यले रामरेखा र माझी बस्ती गरी दुई स्थानमा ड्रागन फ्रुटखेतीको थालनी गर्नुभएको छ । पछिल्लो समय निकै राम्रो मूल्य र बजार माग भएको फलफूल ड्रागन फ्रुटको विस्तारै बागलुङमा व्यावसायिक उत्पादन गर्नका लागि खेती थालिएको हो । आचार्यले विसं २०७८ चैतमा रामरेखास्थित आफ्नै दुई रोपनी जग्गामा ड्रागन फ्रुट खेती थाल्नुभएको थियो । उहाँले ड्रागन फ्रुटका बिरुवा राम्ररी हुर्कन थालेपछि पुन रामरेखाकै माझीबस्ती नजिकै थप चार रोपनी जग्गामा ड्रागन फ्रुट खेती विस्तार गर्नुभएको छ । हाल उहाँको दुई स्थानमा दुई हजार १०० ड्रागन फ्रुटका बिरुवा रहेका छन् ।

ड्रागन फ्रुटको महत्व थाहा पाएपछि पूर्वमन्त्री लोकेन्द्र विष्टलगायतले गरेको खेती हेरेर आफूले बागलुङमा यसको सम्भावना देखेर ड्रागन फ्रुटको खेती विस्तार गरेको रामरेखा निवासी विमलेश आचार्यले जानकारी दिनुभयो । “पूर्वमन्त्री लोकेन्द्र विष्टलगायत सफल ड्रागन व्यवसायीको प्रेरणाबाट मैले ड्रागन फ्रुट खेती गर्ने निधो गरे, जसका लागि आफ्नै ६ रोपनी जग्गामा ड्रागन फ्रुटका बिरुवा लगाउने निधो गरे”, आचार्यले भन्नुभयो, “मैले दुई हजार १०० ड्रागन फ्रुटका बिरुवा लगाएको छु, सबै बिरुवा मोरङबाट ल्याएको हुँ, यो ड्रागन फ्रुट सि भेराइटी मध्येको रातो जातको हो ।”

निर्माण व्यवसायी रहनुभएका आचार्यले ड्रागन फ्रुट खेती विस्तारका लागि रु ५० लाख लगानी गरिसक्नुभएको छ । उहाँले प्रति बिरुवा रु ४०० मा खरिद गरेको बताउनुभयो । ड्रागन फ्रुट खेतीका लागि सिमेन्टको पोल र टायर अनिवार्य हुन्छ । उहाँले ६०० सिमेन्टका पोल र टायरमा दुई हजार १०० विरुवा लगाउनुभएको छ । उहाँले जग्गा व्यवस्थापन, तारबार, टायर, बिरुवा र पोललगायत लागि रु ५० लाखभन्दा बढी लगानी गरिसकेको भन्दै अझै लगानी बढाउनुपर्ने उहाँको भनाइ छ । आचार्यले १४ थरी फलबाट आउने पोषण तत्व ड्रागन फ्रुटबाट मात्रै पाइने भएकाले यसको बजारका लागि कुनै समस्या नदेखेपछि आफूले यसतर्फ लगानी बढाएको बताउनुभयो ।

ड्रागन फ्रुटको व्यावसायिक खेतीमा सुरुमा धेरै लगानी गरेपनि पछि राम्रो कमाइ हुने गरेको छ । बागलुङमा व्यावसायिक ड्रागन फ्रुटको व्यावसायिक उत्पादन भने भइसकेको छैन । आचार्यले ड्रागन फ्रुट रोपेको एक वर्षदेखि १८ महिना भित्रै ड्रागन फ्रुट उत्पादन भइसक्ने उहाँको भनाइ छ । उहाँले ड्रागन फ्रुटको बोक्रा र काइनाको जुस प्रयोग गर्न सकिने बताउनुभयो । “रातो ड्रागन फ्रुटको मूल्य अहिले पनि बजारमा ८०० देखि एक हजारप्रति केजी छ, नेपालमा यसको उत्पादन बढ्दै गएपछि मूल्य केही घट्ला तर यसको बहुउपयोगिताका कारण बजारको माग धान्नै समस्या हुने देखिन्छ”, उहाँले भन्नुभयो “१४ भन्दा बढी फलफूलमा फाइने पोषण तत्व ड्रागन फ्रुटमा पाइने अध्ययनले देखाएको छ, अबको एक वर्षमा आफ्नो ड्रागन फ्रुटको व्यावसायिक उत्पादन भइसक्नेछ ।”

आचार्यले ड्रागन फ्रुटका लागि पोल र सुरक्षाका लागि गरिने तारबारका कारण सुरुआती लगानी नै धेरै भएको अनुभव सुनाउनुभयो । दक्षिण पूर्वी एशियाका देश भियतनाम फिलिपिन्स थाइल्याड लगायतको देश हुँदै अहिले यो फल नेपालमा भित्रिएको छ ।

ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउडी प्रजातिको फलफूल हो । यस फलको जातमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला, छत तथा करेशामा पनि लगाउन सकिन्छ ।

यो फलमा औषधिय गुणसमेत भएकाले यसको माग बजारमा उच्च रहेको छ । यसले कब्जियतलाई निको पार्ने अध्ययनले देखाएको छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउनसमेत सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij