• Wednesday 9th of September 2026

बागलुङमा सहज हुँदै रासायनिक मल


  • आशाका किरण

बागलुङमा लामो समयदेखिको रासायनिक मल अभावको समस्या समाधान हुने भएको छ । साल्ट टेड्रिङ कर्पोरेशन बागलुङले सोमबारदेखी रासायनिक मल वितरण गर्न थालेपछि मल अभावमा समस्यामा परेका किसानलाई सहज हुने भएको छ । नेपाल सरकारले अनुदान स्वरुप उपलब्ध गराएको युरिया मल साल्ट टेड्रिङको गोदाममा आइसकेकाले तत्कालका लागि धान, कोदो तथा मकै बालिको लागि आवश्यक पर्ने सो मल वितरण गर्न लागिएको कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

वीरगञ्ज साल्ट टेडिङ बाट मल आउन शुरु गरेको र यहा पनि करिब दुई गाडी मल भित्रिएको उहाँको भनाइ छ । रासायनिक मलको मुल्य सम्बन्धित पालिकाले तोके बमोजिम बिक्री वितरण गरिने कर्पोरेशनले जनाएको छ । मल आउने क्रम जारी रहेको छ ।

रासायनिक मल बागलुङ सहित पर्वत र म्याग्दीमा समेत वितरण गरिने कर्पोरेशनको भनाइ छ । तत्कालका लागि आवश्यक युरिया र डिएपी मल भित्रिएकाले मल अभावमा निरास बनेका किसानको लागि अब केही राहत हुने कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij