• Saturday 25th of July 2026

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४६.०८ अङ्कले ओरालो लागेर दुई हजार ३०.५९ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.७१ अङ्कले ओरालो लागेर ३८७.२३ मा ओर्लेको छ । कूल २२९ कम्पनीको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर रु दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२४ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ९६ अर्ब १४ करोड दुई लाख ८० हजार बराबर छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १७.१७, व्यापार ८५.१८, होटल तथा पर्यटन ७८.७६, विकास बैंक १००.९४, जलविद्युत् ५२.२३, वित्त ५६.६१, निर्जीवन बीमा २३९.८७, उत्पादन १४५.३५, अन्य ६०.२७, लघुवित्त ११३.०३, जीवन बीमा २१५.९२, सामूहिक लगानी कोष ०.१८ र लगानी २.२८ अङ्कले ओरालो लागे ।

कारोबारका आधारमा सानिमा बैंकको संस्थापक शेयरको बिक्री शीर्ष स्थानमा छ । सो बैंकको रु ३० करोड २० लाख बराबरको कारोबार भयो । अरुण काबेली पावर रु ११ करोड ८२ लाख ६८ हजार ५९९, शिवम् सिमेन्ट रु १० करोड ६० लाख ७५ हजार ३०५, हिमालयन डिस्टिलरी रु १० करोड २१ लाख ६५ हजार ५६८ र माथिल्लो कर्णाली जलविद्युत् कम्पनी रु आठ करोड ५७ लाख १८ हजार १३० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार सिवाइसीएल नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । न्यादी गु्रप पावर ९.९७, आँधी खोला लघुवित्त ९.६१, स्वाभिमान लघुवित्त ८.१० र युनियन हाइड्रोपावरका लगानीकर्ताले ५.३७ प्रतिशतले कमाए ।

त्यस्तै, घलेम्दी हाइड्रोपावर ६.६०, दिव्यश्वरी हाइड्रोपावर ५.९२, अजोड इन्स्योरेन्स ५.८६, सिइडिबी हाइड्रोपावर ५.७५ र शिवम् श्री हाइड्रोपावरका लगानीकर्ताले ५.६० प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij