• Wednesday 9th of September 2026

चियाको गुणस्तर मापन यन्त्र स्थापना गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनालको माग


  • आशाका किरण

पूर्वप्रधानमन्त्री झलनाथ खनालले चियाको गुणस्तर मापन गर्ने यन्त्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले भन्नुभयो “ चियाको गुणस्तर मापका लागि तत्काल स्वदेशमा नै यन्त्र स्थापना गर्नुपर्छ । चिया कारखाना बनाउन चाहनेलाई ५० प्रतिशत सहुलियत दिनुपर्छ ।”

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले चिया निर्यात गरेर नेपालले आर्थिक उपार्जन गर्नसक्ने बताउनुभयो । सांसद खनालले चिया बगान निर्माणलाई राज्यले उच्च प्राथमिकतामा राखी चिया विकास बोर्डको भूमिका प्रभावकारी बनाउन र साना चिया किसानलाई कारखाना खोल्न सहकारीमार्फत प्रोत्साहन गर्नुपर्छ भन्नुभयो । “नेपाली चियाको इतिहासमा इलामलाई बिर्सन हुँदैन, बढीभन्दा बढी किसानलाई चिया खेतीमा लाग्न प्रोत्साहन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “चियाको उत्पादन, सङ्कलन र प्रशोधनमा लागेका उद्यमीलाई पनि राज्यले सहयोग गर्नुपर्छ ।”
सांसद खनालले १६ हजार साना किसान चिया खेतीमा संलग्न रहेको उल्लेख गर्दै इलाममा चियाको सङ्ग्रहालय बनाउनुपर्ने मागसमेत गर्नुभयो ।

सांसद पार्वता सिडी चौधरीले खेतीपाती गर्ने समयमा सरकारले बेलामै मलका व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “किसानले मत पाएका छैनन्, समयमा मल पाए मात्र उत्पादन बढाउन सक्छ, उत्पादन बढेमात्रै राष्ट्रिय उत्पादनमा वृद्धि हुनसक्छ”, उहाँले भन्नुभयो, “सरकारले मल ल्याउनुपर्यो कि किसानले ल्याएको मल सरकारले रोक्न हँुदैन ।”

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij