• Wednesday 9th of September 2026

सवारी साधन कारबाही : रु तीन करोड ७९ लाखराजस्व सङ्कलन


  • आशाका किरण

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले एक वर्षको अवधिमा सवारीसाधन कारबाही गरेर रु तीन करोड ७९ लाख ३३ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा ५५ हजार छ सय सवारीसाधनलाई कारबाही गर्दा उक्त रकम सङ्कलन भएको हो ।

सो क्रममा सबैभन्दा बढी मोटरसाइकललाई कारबाही गर्दा राजस्व सङ्कलन भएको छ । नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेमा दुई पाङ्ग्रे चालक रहेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार २० हजार ५०० मोटरसाइकललाई कारबाही गर्दा एक करोड ४७ लाख ३९ हजार ५०० राजस्व सङ्कलन भएको छ । त्यस्तै ११ हजार २२१ ट्रक टिपरलाई कारबाही गर्दा रु ७७ लाख ८३ हजार, सात हजार ५०० तीन बसलाई कारबाही गर्दा रु ४८ लाख ४३ हजार ५१२ हजार ३५७ जीप कारलाई कारबाही गर्दा रु ७९ लाख ४४ हजार ५०० र दुई हजार ९६६ ट्याक्टरलाई कारबाही गर्दा रु २० लाख ३२ हजार राजस्व सङ्कलन भएको छ । अन्य ६५६ सवारीसाधनलाई कारबाही गर्दा रु चार लाख २३ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ ।
“मोटरसाइकल र स्कुटर चालकबाट बढी नियम उल्लङ्घन हुने गरेको छ,” उहाँले भन्नुभयो, “सवारी साधनको कागजात नभएका र लाइसेन्स नभएका पनि बढी छन् ।” सवारी साधनका धनीलाई कारबाहीसँगै सवारीधनीलाई नियमबारेमा पनि जानकारी गराउने गरेको नेपालले बताउनुभयो ।

प्रहरीले मादक पदार्थ सेवन गर्नेविरुद्ध पनि चेक कडाइ गर्ने गरेको छ । उक्त आर्थिक वर्षमा ३८३ सवारीसाधनका धनी मादकपदार्थ सेवन गरेबापत कारबाहीमा परेका छन् । उनीहरुबाट तीन लाख ८३ हजार राजस्व सङ्कलन भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij