• Saturday 25th of July 2026

नेप्से परिसूचकको उकालो यात्रा जारी


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १० दशमलव २७ अङ्कले उकालो लागेर दुई हजार एक सय २३ दशमलव ८२ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब १० अङ्कले उकालो लागेर चार सय ९ दशमलव ५५ मा पुगेको छ । कुल दुई सय १९ कम्पनीको ६१ लाख छ हजार पाँच सय २१ कित्ता शेयर रु दुई अर्ब ६७ करोड ३३ लाख ३८ हजार दुई सय ३२ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतबार जीवन बीमा उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट आएको छ ।

सो उपसमूहको शेयर मूल्यमा चार दशमलव ५५ अङ्कले ओरालो लागे । त्यस्तै बैंकिङ शून्य दशमलव २२, व्यापार ४७ दशमलव छ, होटल तथा पर्यटन ६० दशमलव ७४, विकास बैंक ५२ दशमलव ४४, जलविद्युत् २६ दशमलव २२, वित्त ३३ दशमलव पाँच, निर्जीवन बीमा शून्य दशमलव ७५, उत्पादन दुई दशमलव ७४, अन्य २२ दशमलव ५७, लघुवित्त २७ दशमलव ८८, सामूहिक लगानी कोष शून्य दशमलव शून्य दुई, लगानी शून्य दशमलव २७ अङ्कले उकालो लागेको छ ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३० खर्ब ३० अर्ब ५५ करोड ४६ लाख छ हजार छ सय ७५ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको रु १३ करोड ८९ लाख ८२ हजार एक सय ६३ बराबरको कारोबार भयो ।

त्यस्तै नबिल बैंक रु १२ करोड ७३ लाख ४१ हजार नौ सय आठ, फरवार्ड माइक्रोफाइनान्स रु नौ करोड ९२ लाख ९६ हजार पाँच सय ५६, एशियन लाइफ इन्स्योरेन्स रु आठ करोड १० लाख २९ हजार १५ र हिमालयन डिस्टिलरी रु छ करोड ६८ लाख ५२ हजार छ सय आठ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे ।

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशत बराबरको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै तेह्रथुम पावर कम्पनी नौ दशमलव ६५, उपकार लघुवित्त नौ दशमलव १३, गुहेश्वरी मर्चेन्ट बैंक आठ दशमलव ७५, एनआइसी एशिया सेलेक्ट फण्डका लगानीकर्ताले सात दशमलव २६ प्रतिशतलले कमाए ।

यस्तै नयाँ सारथी लघुवित्त तीन दशमलव ४८, सामलिङ पावर कम्पनी तीन दशमलव ४३, गरिमा विकास लघुवित्त तीन दशमलव ३८, रुरु जलविद्युत् परियोजना दुई दशमलव ९४ र विन नेपाल लघुवित्तका लगानीकर्ताले दुई दशमलव ९१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij