• Wednesday 9th of September 2026

धौलागिरि लघुवित्तको आइपिओको बाँडफाँट


  • आशाका किरण

धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो ।

बिक्री प्रबन्धक कार्यालयका अनुसार शेयर खरिदका लागि आवेदन दिएकामध्ये ३० हजार नौ सय २९ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । त्यस्तै उल्लेखित निष्कासित शेयरमा बाँडफाँटबाट बाँकी पाँच कित्ता शेयर गोलाप्रथाबाट थप पाँच जनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।

कम्पनीले गत साउन २४ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको आइपिओमा कूल १८ लाख ६४ हजार छ सय ४० योग्य आवेदकबाट दुई करोड चार लाख ७५ हजार नौ सय ८० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो । कूल आवेदकमध्ये एक हजार दुई सय ८६ को १४ हजार एक सय ४० कित्ता शेयर खरिदको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले आफ्नो कूल जारी पुँजी (१० लाख ३१ हजार कित्ता शेयर)को ०.५ प्रतिशतअर्थात् पाँच हजार एक सय ५५ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशतअर्थात् १६ हजार पाँच सय ५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख नौ हजार दुई सय ९५ कित्ता शेयर खरिदका लागि सर्वसाधारणलाई आह्वान गरेको थियो ।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको बेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij