• Friday 24th of July 2026

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि


  • आशाका किरण

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलब ६८ अङ्कले उकालो लागेर एक हजार नौ सय ७७ दशमलब ३० मा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५७ अङ्कले उकालो लागेर तीन सय ८३ दशमलब ७७ अङ्कमा पुगेको छ । कूल दुई सय २७ कम्पनीको २८ लाख ७६ हजार दुई सय ८८ कित्ता शेयर रु एक अर्ब सात करोड १६ लाख १५ हजार नौ सय २२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने नौ उपसमूहको शेयर मूल्य उकालो लागेको छ । होटल तथा पर्यटन १६ दशमलब ६१, उत्पादन आठ दशमलब ३५, अन्य १३ दशमलब १६, सामूहिक लगानी कोष शून्य दशमलब शून्य पाँच अङ्कले ओरालो लागेको छ । यस्तै बैंकिङ एक दशमलब ५५, व्यापार चार दशमलब ९३, विकास बैंक ५५ दशमलब २४, जलविद्युत् २१ दशमलब ५२, वित्त १० दशमलब ४६, निर्जीवन बीमा एक सय ४७, लघुवित्त २१ दशमलब छ, जीवन बीमा ४६ दशमलब १९ र लगानी शून्य दशमलब सात अङ्कले उकालो लागेको छ ।

आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ३६ अर्ब २१ करोड ९२ लाख ६२ हजार तीन सय ३१ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्र्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड ९१ लाख आठ सय ६४ बराबरको कारोबार भयो ।

यस्तै नेपाल दूरसञ्चार कम्पनी रु छ करोड ५३ लाख ३७ हजार ८२, नविल बैंक रु छ करोड ३० लाख ४९ हजार सात सय ४९, हिमालयन एभरेष्ट इन्स्योरेन्स रु पाँच करोड ७८ लाख १६ हजार पाँच सय ६० र हिमालयन डिस्टिलरी रु तीन करोड नौ लाख ३३ हजार दुई सय ६३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजनाको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स नौ दशमलब १८, जोशी हाइड्रोपावर आठ दशमलब १२, युनाइटेड इन्स्योरेन्स छ दशमलब ३३ र अप्पर हेवा खोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ५७ प्रतिशतले कमाएका छन् । त्यस्तै सर्पोट माइक्रोफाइनान्स दुई दशमलब ८६, सोल्टी होटल लिमिटेड एक दशमलब ९१, नेपाल दूरसञ्चार कम्पनी एक दशमलब ८६, माहुली लघुवित्त एक दशमलब ८३ र राधी विद्युत् कम्पनीका लगानीकर्ताले एक दशमलब ७९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij