• Wednesday 9th of September 2026

शेयर बजार : नेप्सेसँगै कारोबारमा वृद्धि


  • आशाका किरण

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकका साथै कारोबार रकमसमेत बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक सात दशमलव ३२ अङ्कले उकालो लागेर एक हजार नौ सय ३८ दशमलव ३० मा पुगेको छ ।

त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव ९४ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई सय २७ कम्पनीको ४३ लाख ४६ हजार सात सय आठ कित्ता शेयर रु एक अर्ब ४६ करोड ७९ लाख १४ हजार आठ सय ७५ मूल्यमा कारोबार भएको छ ।

आज कारोबार भएका १३ उपसमूहमध्ये १० उपसमूहका शेयर मूल्यमा वृद्धि भएको छ । जसमध्ये बैंक, व्यापार र निर्जीवन बिमा उपसमूहका शेयर मूल्यमा गिरावट आएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ८५ लाख ६० हजार दुई सय १४ बराबरको कारोबार भएको छ । त्यस्तै, नबिल बैंक रु पाँच करोड ६६ लाख १७ हजार पाँच सय ९३, रिडी पावर कम्पनी रु पाँच करोड १९ लाख ९५ हजार आठ सय ५८ र गोर्खाज फाइनान्स रु तीन करोड ९४ लाख ४५ हजार छ सय बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार कर्पाेरेट डेभलपमेण्ट बैंकको मूल्य आठ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कर्णाली डेभलपमेण्ट बैंकको आठ दशमलव ११, जोसी हाइड्रोपावर पाँच दशमलव ९७, मानुसी लघुवित्त वित्तीय संस्था पाँच दशमलव ७४ र ग्रीनलाइफ हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ४० प्रतिशतले कमाएका छन् ।

त्यस्तै, सबैको लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ९६, माहुली लघुवित्त वित्तीय संस्थाको तीन दशमलव ५०, माउण्टेन हाइड्रोको दुई दशमलव ४५, तारागाउँ होटलको दुई दशमलव ३७ र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले दुई दशमलव ३३ प्र्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij