• Wednesday 9th of September 2026

नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि


  • आशाका किरण

सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव २९ अङ्कले उकालो लागेर एक हजार नौ सय चार दशमलव ४५ विन्दुमा  पुगेको छ ।

आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ५१ अङ्कले उकालो लागेर तीन सय ७५ दशमलव शुन्य चारमा पुगेको छ ।

यो दिन दुई सय २६ कम्पनीको २४ लाख ५२ हजार ८४ कित्ता शेयर रु ९४ करोड ६० लाख ८९ हजार पाँच सय २१ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ३९ अर्ब ३१ करोड ७२ लाख ३८ हजार छ सय ३९ बराबर छ ।

कूल १३ उपसमूहको शेयर मूल्यमा नै बृद्धि भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ९६ लाख ४३ हजार दुई सय ७५ मूल्यमा खरिद बिक्री भए ।

हिमालयन डिस्टिलरी रु आठ करोड ९९ लाख पाँच हजार आठ सय ३३, ङादी ग्रूप अफ पावर रु सात करोड ८३ लाख ४५ हजार नौ सय ६३, गुर्खाज फाइनान्स रु दुई करोड ५३ लाख १० हजार सात सय ९१ र नेष्डो समृद्धि लघुवित्त रु दुई करोड ४७ लाख २८ हजार तीन सय २७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार, तारागाँउ रिजेन्सी होटल नौ दशमलव ८४, सप्तकोशी डेभलपमेन्ट बैंक आठ दशमलव ३९, बुद्धभूमि नेपाल हाइड्रोपावर सात दशमलव २९, रिभर फल्स पावर सात दशमलव २५ र लिवर्टी इनर्जीका लगानीकर्ताले छ दशमलव ६७ प्रतिशतले कमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij